You are viewing the translated version of बिज्ञापन गर्न नहुने.

Section 5
बिज्ञापन गर्न नहुने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयमा विज्ञापन गर्न पाइने छैनः-
(क) प्रचलित नेपाल कानूनले उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न निषेध गरेका कुनै वस्तु, पदार्थ वा सेवाको उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने विषयमा,
(ख) जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिट्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा,
(ग) प्रचलित कानून बमोजिम अश्चिल मानिने विषय वा तत्सम्बन्धी अन्य विषय, वस्तु वा सेवाको उपयोग वा प्रयोग गर्न वा प्रवर्दन गर्न प्रोत्साहन गर्ने विषयमा,
(घ) हतियार वा विष्फोटक पदार्थ वा नेपालको सुरक्षा, शान्ति र व्यवस्थामा खतरा उत्पन्न गर्न सक्ने अन्य यस्तै वस्तु वा पदार्थको उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने विषयमा,
(ङ) चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने औषधिहरुको विषयमा,
(च) नेपालमा बिक्री, वितरण वा प्रयोगको लागि प्रचलित कानून बमोजिम अनुमति लिनु पर्नेमा त्यस्तो अनुमति प्राप्त भइनसकेको वस्तु वा सेवाको विषयमा,
(छ) प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा,
(ज) विद्यालय तथा विश्वविद्यालयको पाठ्यपुस्तकमा,
तर शैक्षिक जानकारी दिने विषय उल्लेख गर्न बाधा पर्ने छैन ।
(झ) अन्धविश्वासलाई प्रोत्साहन हुने विषयमा ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिम हुने गरी विज्ञापन गर्न पाइने छैनः- (क) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता वा संघीय इकाइबीचको सुसम्बन्ध, सार्वजनिक शान्ति, सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुच्याउने गरी,
(ख) राज्यद्रोह, अदालतको अवहेलना वा अपराध गर्न दुरुत्साहन गर्ने गरी,
(ग) नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, नेपालको निशान छाप वा त्यसको कुनै वा सबै भाग वा राष्ट्रिय विभूतिको प्रयोग गरी वा त्यसको अवमूल्यन हुने गरी,
(घ) गाली बेइज्जती हुने गरी,
(ङ) सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी,
(च) श्रमप्रति अवहेलना गर्ने, लैङ्गिक विभेद एवं जातीय छुवाछतलाई दुरुत्साहन गर्ने गरी,
(छ) धर्म, वर्ण, लिङ्ग, जात, जाति वा समुदायबीचको सुसम्बन्धमा खलल पार्ने वा आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा अपाङ्गता लगायतका कुनै पनि आधारमा बिभेद हुने गरी,
(ज) ट्रेडमार्क, पेटेण्ट, डिजाइन लंगायतका औद्योगिक सम्पत्तिको हकवालाको अनुमति वा स्वीकृति विना प्रयोग गरी,
(झ) स्वदेशी वा अन्य कुनै उत्पादनलाई हतोत्साहित र निरुत्साहित गर्ने गरी,
(ज) भ्रम वा अफवाह फैलाउने, उत्तेजना फैलाउने वा अन्य यस्तै अमर्यादित व्यवहार गर्ने गरी,
(ट) स्वच्छ प्रतिस्पर्धामा प्रतिकूल असर पार्ने गरी,
(ठ) असख्को उत्पादन वस्तु वा सेवासँग तुलना गरी त्यस्तो उत्पादन वस्तु वा सेवालाई कमसल वा नराम्रो देखाउने गरी,
(ड) कानून बमोजिम गोप्य रहेका विषयमा जानकारी गराउने गरी, र
(ढ) प्रचिलत कानून प्रतिकूल हुने गरी।
(३) कसैले पनि निर्वाचनको स्वच्छतामा प्रतिकूल असर पार्ने गरी वा निर्वाचनमा अवरोध गर्ने गरी विज्ञापन गर्न गराउन पाइने छैन ।